नेपालको पुँजी बजार हालसम्म तीनपटक बुलिस ट्रेण्ड कायम भएको देखिएको छ । धितोपत्र कारोबार भएपश्चात् नेपालमा पहिलो पटक विसं २०५२ मा अधिकतम नेप्से सूचक दुई सय पाँच अंकमा पुगेको थियो । त्यसैगरी दोस्रो पटक विसं २०५७ मा अधिकतम नेप्से सूचक पाँच सय ४५ सम्म पुगेर बियरिष्ट ट्रेण्डमा रहेको र तेस्रो पटक विसं २०६५ मा एक हजार एक सय ७५ इण्डेक्ससम्म पुगेर भदौ १५ देखि क्रमशः घट्ने क्रममा रहेको छ । नेप्से हालको मितिसम्म आइपुग्दा पाँच वर्ष पूरा भइसकेको छ । अतः हालको पुँजी बजार बियरिष्ट ट्रेण्डमा रहेको पाँच वर्ष पूरा भएको छ । विगतदेखिकै पुँजी बजारको विभिन्न अवस्थाको अध्ययन गर्ने हो भने पनि नेपालको पुँजी बजार पाँच वर्षभन्दा धेरै बियरिष्ट ट्रेण्ड नरहेको अवस्था पाउँछौं । यस आधारमा पनि अबको पुँजी बजार बुलिस ट्रेण्डको तयारी हुनका लागि सुरुवातको अवस्था हो भन्न सकिन्छ । हालको सेयर कारोबारको नेप्से सूचकांक हेर्दा पनि न्यूनतम दुई सय ९२ को इण्डेक्सबाट सुधार भई हाल पाँच सय ५२ मा आइपुगेको छ । यो अवस्थामा कारोबारको परिमाण पनि बढेर दैनिक २० करोडभन्दा माथि रहेको अवस्था छ । हालको नेप्से सूचक गत विसं २०५७ को पाँच सय ४५ इण्डेक्स रहेको टे«ण्डलाई समेत पार गरिसकेको र बजार सुधार हुने क्रममा हालै मात्र पाँच सय ५५ इण्डेक्स पुँजी बजार करेक्सन हुने क्रममा घटेको इण्डेक्स पुनः उक्त इण्डेक्सलाई क्रस गर्ने अवस्थामा रहेको छ । विसं २०६३ को आर्थिक वर्ष सुरु भएसँगै बुलिस ट्रेण्डमा रहेको सेयर कारोबार दुई वर्षसम्म कायम रही विसं २०६५ भदौ १५ मा क्यास भई निरन्तर ओरालो लागेको पुँजी बजार २०६९ बैशाखसम्म दुई सय ९२ इण्डेक्समा रही बजार ७५ प्रतिशतले घटेको अवस्थामा पुँजी बजारसँग सम्बन्धित समस्या समाधानका लागि पहल भएको थियो । बजार सुधारका लागि धितोपत्र लागनीकर्ता संघ, साधारण लगानीकर्ता संघ र इन्भेष्टर फोरमले १३ बुँदे मागपत्र सहित आन्दोलन गर्नुपरेको थियो । जस अनुरुप अर्थमन्त्रालयको सभा कक्षमा प्रस्तुत मागपत्रका विषयमा २०६२ जेठ १८ गते अर्थमन्त्रीको उपस्थितिमा नेपाल राष्ट्र बैंकका गभर्नर र अन्य नियमनकारी निकायहरुका बीच पुँजीबजारको सुधार सम्बन्धमा नौ बुँदाहरु कार्यान्वयन गर्ने निर्णय भए अनुरुप पुँजी बजारमा सुधार आई हालको अवस्थासम्म आइपुगेको छ । अतः पुँजी बजारमा राज्यले अवलम्बन गरेको नीतिगत व्यवस्थाले प्रत्यक्ष प्रभाव पार्ने भएकाले आर्थिक नीति बनाउँदै पुँजी बजारलाई नकारात्मक असर पर्ने गरी गरिएका नीतिले सारा जनताको लगानी जोखिममा पर्ने भएकाले पुँजी बजारमा लगानीको वातावरण बनाउनका लागि उपयुक्त नीति कार्यान्वयन गर्दै जानुपर्ने आवश्यकता रहेको छ । हरेक मुलुकमा पुँजी बजारको आफ्नै समयचक्र अनुसार बढ्ने र घट्ने गर्छ यही पुँजी बजारको प्रकृति अनुसार लगानीकर्ताहरुले आफ्नो लगानी समयसापेक्ष बढाउने र उपयुक्त समयमा मुनाफा लिई सेयर बिक्री गर्ने गरेका छन् । राज्यलाई मुनाफा गरेबापत् सरकारलाई कर तिरिरहेका छन् ।
हाल नेपालको पुँजीबजार समय चक्रको हिसाबले पनि सुधारको क्रममा रहेकाले पनि लगानीकर्ताहरु सेयरमा लगानीको लागि आकर्षित रहेको पाइएको छ, जसको उदाहरण कम्पनीहरुले बाँडेको बोनस तथा लाभांश सजिलैसित डाइजेष्ट भएर सहज रुपमै मूल्य कायम हुने गरेको छ र दैनिक कारोबार रकममा समेत वृद्धि हुँदै गएको छ । अतः नेपालको पुँजी बजार सकारात्मक रुपमा अगाडि बढ्ने क्रममा नेप्से सूचकांक ५५ को इण्डेक्सलाई उछिनेर सेयर बजारले नयाँ इण्डेक्स कायम गर्दै क्रमशः नयाँ–नयाँ पोजिसन लिँदै विगतको एक हजार १ सय ७५ को अधिकतम नेप्से परिसूचकलाई उछिनेर विसं २०७१ सुरुवातसँगै नयाँ बुलिस ट्रेण्डमा कारोबार हुँदै अधिकतम नेप्से सूचकांक बन्ने वातावरण बन्दै गएको छ ।
यही पुँजी बजारको चक्र अनुसार लगानीकर्ताहरुले आ–आफ्नो लगानीको क्षेत्र रोज्ने भएकोले अब नेपालको पुँजी बजारमा प्रत्यक्ष रुपमा नेपाली लगानीकर्ता एवम् गैरआवासीय नेपाली तथा अप्रत्यक्ष रुपमा अन्य मुलकका लगानीकर्ताहरुको समेत लगानी यहाँको पुँजी बजारमा आउन सक्ने अवस्था रहेको छ, जसको लागि लगानीको सहज वातावरण बनाउन राज्यद्वारा उपयुक्त नीति कार्यान्वयनमा ल्याउन अत्यन्त जरुरी रहेको छ । साथै राष्ट्र बैंकद्वारा समेत सेयर बजारमा लगानीको लागि सेयर खरिद कर्जा ९ःबचनष्ल ीबलमष्लन० को लागि वातावरण बनाइदिई बैंकहरुद्वारा कार्यान्वयनमा ल्याउन नितान्त जरुरी रहेको छ । साथै मुलुकमा रहेका सर्वसाधारण लगानीकर्ताहरुको लगानी संरक्षण गर्न बजारमा नकारात्मक असर पर्न नदिन उपयुक्त नीति कार्यान्वयन गर्नुपर्ने बाध्यता रहेको छ । नियमनकारी निकायहरुले पुँजी बजारमा लगानीको विश्वासको वातावरण बनाइराख्न सूचनाको पारदर्शिता हुन अत्यन्त आवश्यक छ । साथै सूचीकृत कम्पनीहरुको नियमित रुपमा अनुगमन तथा नियमन हुन जरुरी छ, जसबाट लगानीको जोखिम न्यूनीकरण गर्न सकिन्छ । यसका साथै लगानीकर्ताहरुलाई जागरुक एवम् सचेत बनाउनका लागि पनि सरोकारवाला निकायहरुले काम गर्नुपर्छ । लगानीको सबैभन्दा ठूलो स्रोत भनेकै बचत हो ।
बचत गर्नका लागि पनि आम नागरिकहरुमा जनचेतना जगाउनुपर्छ । बचत केका लागि ? कस्तो संस्थामा लगानी गर्ने ? कस्तो काममा लगानी गर्ने ? प्रतिफल कसरी पाउने ? आदि कुराहरुको बारेमा पनि लगानीकर्ताहरुलाई सचेत बनाउनुपर्छ । हालको अवस्थामा धैरे व्यक्तिहरुले बैंक तथा वित्तीय संस्था एवम् अन्य कम्पनीहरुमा सेयर लगानी गरेको भए पनि उनीहरुलाई कस्तो अवस्थामा सेयरमा लगानी गर्ने ? यसबाट कसरी प्रतिफल लिने ? भन्ने विषयमा समेत त्यति जानकारी छैन । यस्तो अवस्थामा जो लगानी गर्न चाहन्छ, जोसँग बचत गरेको केही पैसा छ, त्यस्ता व्यक्तिलाई लगानीसम्बन्धी जानकारी दिनु पनि राज्यको ठूलो दायित्व हो, यो दायित्व राज्यले पूरा गर्नुपर्छ । हालकै अवस्थामा पनि विभिन्न बैंक तथा वित्तीय संस्थामा झण्डै करौडौं रुपैयाँको लाभांश अलपत्र पर्नुको पछाडिको मूल कारण पनि लगानी र प्रतिफलसम्बन्धी सचेतना नहुनु नै हो ।
source:http://www.aarthikdainik.com.np/news_details/3728/#.UioD9RZ1H4Y
No comments:
Post a Comment